कृषि, पर्यटन र जलविद्युतमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गर्न राजदूतमार्फत फ्रान्सका लगानीकर्तालाई आग्रह गरे ।