पाँच वर्षीय छोरा हत्या आरोपमा बुवा र सौतेनी आमा पक्राउ

जनकपुरधाम :  महोत्तरीमा पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्।पक्राउ पर्नेमा बालकको बुवा रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेको प्रहरीले जनाएको छ। उनीहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।बालक रितेश बुधवार साँझदेखि हराई रहेको थिए। बालक हराए पछि चारै तिर खोजतलास गरेपनि नभेटिएको र विहिबार विहान बालक घर भन्दा ५० मिटर पश्चिम हिरा साहको फुलवारीमा रहेको केराको बोट नजिक मृत अवस्