पर्वत : पर्याप्त वर्षा नहुँदा असारको अन्त्यसम्म आइपुग्दा पनि जिल्लामा आधा खेतमा पनि रोपाइँ हुन सकेको छैन। बर्खा याममा मात्रै फुट्ने गरेका खेत र बारीका कान्लाका पानीका मूल अझै पनि नफुटेका कारण रोपाइँ गर्न नसकेको कृषक बताउँछन्। केही वर्षअघिसम्म लेकाली क्षेत्रमा असारको अन्तिमसम्ममा र साउनको पहिलो सातासम्ममा बेँसीमा रोपाइँ पूरा हुने गरेका थियो। तर पछिल्ला वर्षहरूमा वर्षाको अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका सरोज