काठमाडौं – नेपाल प्रहरीको ६६ औँ स्थापना दिवसका अवसरमा बुधबार प्रथम महिला प्रहरी चैतमाया डंगोललाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। प्रहरी प्रधान कार्यालयले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड यसपटक चैतमायालाई दिइएको हो। चैतमायाले सहायक निरीक्षक-असईबाट अवकाश पाएकी थिइन्। कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउबाले निष्पक्ष अनुसन्धान र कानून कार्यान्वयन कानूनी राज्यका आधार […]