पुनर्वास नगरपालिका–४ परासनका प्रमोद रानाको एक बिघाको धान पूरै सुक्यो । करिब ५ बिघाको उखुले पनि उत्पादन दिएन । गत साउन अन्तिम साता दोदा नदीमा आएको बाढीले डुबान भएको क्षेत्रमा एकाएक धान र उखु सुकेको थियो । डुबान घटेपछि उखु पलाए पनि धान भने पलाएन । पूरै सुकेर गयो ।