पर्सा : कोरोना कहरको बेलादेखि बन्द भएको पर्साको ठोरी नाका अझै खुलेको छैन। जिल्लाका सबै नाका खुलेको धेरै समय बितिसक्दा पनि ठोरी नाका नखुल्नु ठोरीप्रति राज्यले बेवास्ता गरेको स्थानीय गुनासो गर्छन्।मधेश प्रदेश सरकारले ठोरीलाई मधेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेता पनि नाका खोल्न पहल नगर्नु अत्यन्तै दुःखद भएको समृद्ध ठोरी अभियानका संयोजक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश खनालले बताए। नाका नखुल्दा ठोरी घुम्न आउने भारतीय पर्यटकले निकै सास्ती भोग्नु परेको छ।गाडी लिएर ठोरी घु