काठमाडौं (अस) । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो २१ औं वार्षिकोत्सव अवसरमा देशभरका २१ स्थानमा रक्तदान सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।
रेडक्रससगँको सहकार्यमा कम्पनीले बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौंडा, वीरगञ्ज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरीकोट, चपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।