उत्तर भारतको बाढी : ११ शव फेला, २०३ अझै बेपत्ता

काठमाडौं । उत्तर भारतमा हिमनदीमा हिजो (आइतबार) आएको बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी बेपत्ता छन् ।उत्तराखण्डस्थित धौलीगंगा नदीको बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको थियो । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले अहिलेसम्म ११ शव भेटिएको र २०३ जना हराइरहेको जानकारी दिएका छन् । त्यहाँ राहत र उद्धारको कार्य जारी रहेको बीबीसी हिन्दीले जनाएको छ। उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पु¥याएको भिडियोहरूमा देखिन्छ । हराइरहेकामध्ये अधिकांश स्थानीय जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरु रहेका बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘सबैको कुशलताका निम्ति यतिवेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ।’ भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ। इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारी अनुसार हिमपहिरोका कारण आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई आइतबार प्रहरीले सकुशल उद्धार गरेको छ।

सम्बन्धित सामग्री

इन्द्रसरोवर तालमा बेपत्ता युवकको शव फेला

इन्द्रसरोवर तालमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।  काठमाडौ जिल्ला दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको शव ४५ फिट गहिराईबाट निकालिएको हो।  सशस्त्र प्रहरी बल नेपाल...

मेमेपोखरीमा बेपत्ता युवतीको शव फेला

लमजुङको ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुमेर फर्किने क्रममा बुधबारदेखि बेपत्ता रहेकी  युवतीको शव फेला परेको छ । बेंसीसहर नगरपालिका १०, साँधु माइत भएकी २४ वर्षीया शर्मिला तामाङको शव शनिबार दोर्दी गाउँपालिका...

एक सातादेखि बेपत्ता पुरुषको शव फेला

काठमाडौँ- दोलखाको जिरी नगरपालिकाबाट एक सातादेखि बेपत्ता रहेका पुरुषको शव फेला परेको छ । जिरी नगरपालिका ९ खर्क खोलामा उनको शव फेला परेको प्रहरीको भनाइ छ । एक सातादेखि बेपत्ता जिरी नगरपालिका–९ होसिङगाका ४१ वर्षीय राजन खत्रीको शव खोला किनारमा फेला परेको प्रहरीको भनाइ छ । भदौ १६ गतेबाट बेपत्ता भएका उनको शव खोला किनारमा […]

बेपत्ता बालकको शव फेला

जनकपुरधाम : धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ।एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका-७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ मा पाल तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए।गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको परिवारजनले जनाएको थियो। उनको खोजतलास गर्दै आए पनि भेटिएका थिएनन् र अहिले बालकको शव फेला परेको छ।बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेका हो। जनकपुरधाम उपमहानगरपालिका-२२ र महोत्तरीको पीपरा गाउँपालिका-६ वसव

बेपत्ता बालकको सेफ्टी ट्यांकीमा शव फेला

जनकपुरधाम – सर्लाहीमा केही दिनदेखि बेपत्ता बालकको सेफ्टी ट्यांकीभित्र शव फेला परेको छ। जिल्लाको मलंगवा नगरपालिका– १२ गम्हरियाका जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा मिठु भन्ने आकाश ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बोराभित्र हालेर लुकाएको अवस्थामा छिमेकीको घरमै सटेर रहेको शौचालयको सेफ्टी ट्यांकीमा शव फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ। […]

युवक बेपत्ता भएको एक महिनापछि शव फेला

रुकुम (पूर्व) : रुकुम पश्चिममा एक महिनादेखि बेपत्ता एक युवकको शव फेला परेको छ।मुसीकोट नगरपालिका–१० गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको शव सोमबार फेला परेको हो।गत कात्तिक ९ गते घरबाट हराएका उनको शव सोमबार बिहान १० बजे फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार सोही वडाको ग्वाला बस्ने भीरमा सडेको अवस्थामा उनको शव फेला परेको हो।परिवार तथा आफन्तले उनको खोजी गरिरहेका थिए।खोजी गरिरहेकै अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर ग

खोलाले बगाएर बेपत्ता भएकी बालिकको शव फेला

अछामको ढकारी गाउँपालिका-३, नवागाउँस्थित चुथी खोलाले बगाएर बेपत्ता भएकी ७ वर्षीया मैसरा थापाको शव फेला परेको छ ।  गर्सेबाट घरतर्फ फर्किने क्रममा कात्तिक २ गते उक्त खोलाले बगाउँदा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करीब ८ किलोमिटर टाढा मंगलसैन नगरपालिका-१३ बुढासैनस्थित सोही खोलाको किनारमा शुक्रवार शव फेला परेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

डुबेर बेपत्ता किशोरको शव फेला

दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ।

त्रिशूलीमा बेपत्ता शव फेला

चितवन । नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष […]