सोलुखुम्बु – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफ्नो पहिलो प्राथमिकता सोलुको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको बताएका छन्। मेरापिक क्षेत्र महाकुलुङ–३ छेस्काम भएका चुनावी कार्यक्रममा केसीले सोलुखुम्बुको पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसकै उम्मेदवार निर्वाचित हुनुपर्ने बताए। मेरापिक आधार शिविर जाने बाटो कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको […]