बजेटप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आपत्ति

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्वन गरी संघलाई सङ्कटोन्मुख अवस्थातर्फ धकेलेको भन्दै विरोध जनाएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै संघले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा स्वदेशी उद्योगलाई गम्भीर असर पर्ने नीति लिएको जनाएको हो । नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी सोको प्रशोधन गर्दै बिक्री वितरण गर्ने गरेको थियो । प्रशोधित तेलमा आयात महसुल १५ प्रतिशत थियो, जुन कच्चा पदार्थभन्