कवि अर्जुन पराजुलीमाथि सिर्जना चोरीको आरोप लगाउँदै आएका भूपेन्द्र खड्काले अन्ततः माफी मागेका छन् । अर्जुन पराजुलीले आफ्नो कविता चोरेको भन्दै भुपेन्द्रले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर, पराजुलीले २५ वर्षअघि नै उक्त कविता लेखेको प्रमाणहरु जुटाएपछि खड्काले बाध्य भएर माफी मागेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग