आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी निर्वाचनका लागि जुम्लामा ६८ हजार ६ सय ३८ जना मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए ।जसमा ३५ हजार सात सय पुरुष मतदाता र ३२ हजार नौ सय ३८ महिला मतदाताले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । विसं २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको ना