एन्फा निर्वाचन: दुई पुरानाबीच नयाँ बन्ने होड

नेपाली खेलकुदमा अहिले एन्फा चुनावको सरगर्मी उत्कर्षमा छ। साविक एन्फा चुनावभन्दा यो पटकको चुनावका केही साझा विशेषता छन्। लामो समय फुटबलमा नै सँगै हिँडेका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अबको अध्यक्षका प्रत्याशीका रूपमा रहेका छन्।लामो समय एकै प्यानलमा रहेका र अझ अघिल्लो निर्वाचनमा गणेश थापाको विरासत अन्त गर्न सामूहिक रूपमा निर्वाचनमा होमिएर फराकिलो जित निकालेको यो जोडी निर्वाचनमा प्रतिनिधिले मात्र होइन‚ समग्र फुटबल प्रेमीको विश्वासलाई कायम राख्न भने प