काठमाडाैँ- झापामा विषालु सर्पले डस्दा एक किशाेरकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा झापाको बुद्धशान्ति गाउँपालिका-५ खारखोलाका १५ वर्षीय अजित तामाङ रहेका छन्। हात्ती धपाउन निस्केका तामाङकाे सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ।