पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा वितरण हुँदै आएको पानीको ‘पाइप लाइन’ मर्मत गरेपछि बुधबारदेखि पानीको आपूर्ति सहज बनेको छ।गत सोमबार रातीको वर्षाले कुश्मा नगरपालिका–८ चुवामा रहेको सुन्दरे खोला नजिकैको भीरमा पहिरो जाँदा पाइन नै लच्किएर पानीको धेरै परिमाण चुहावट भएपछि बजारमा पानीको केही अभाव भएको थियो। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जिल्लाकै मोदी गाउँपालिकामा स्थित पाती खोलाबाट १८ किलोमिटर लम्बाइको ‘पाइप लाइन’ मार्फत ल्याएको पाइपमा क्षति भएपछि बजारका कत