नारायणी अस्पतालमा अत्याधुनिक डायलासिस कक्ष सञ्चालन गरिने

नारायणी अस्पताल वीरगन्जमा अत्याधुनिक डायलासिस कक्ष सञ्चालन गरिने भएको छ । अस्पतालमा सिद्धार्थ बैंकले डायलासिस कक्ष भवन निर्माण तथा स्वास्थ्य मन्त्रालयले आवश्यक उपरकण उपलब्ध गराएपछि अस्पतालमा एकैसाथ २० शय्याको डायलासिस कक्षबाट सेवा सुरु हुने भएको छ ।