प्रजातन्त्र पुनःस्थापना भएयता नेपालमा सबैभन्दा बढी राजनीतिक हस्तक्षेप भएको संस्थामध्ये एक हो— नेपाल प्रहरी । कानुन कार्यान्वयन गरी समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्ने दायित्व भएको संस्थालाई दल तथा राजनीतिज्ञको निहित स्वार्थ अनुरूप गिजोल्दा यसको समग्र छवि मात्र धमिलिएको छैन, प्रभावकारिता पनि भुत्ते भएको छ ।