बुटवलको मुख्य बजार क्षेत्र चौराहा–गोलपार्क सडकले पूर्वपश्चिम र सिद्धार्थ राजमार्गलाई जोड्छ । दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् ।
विगत ३ वर्षदेखि यो सडकमा एक पटक यात्रा गर्नेले बाध्यताले बाहेक अर्कोपल्ट यात्राको योजना सायदै बनाउँदैनन् ।
बुटवल–बेलहिया (सुनौली) सडक खण्ड अन्तर्गत पर्ने प्रदेश मुकामको ३.७ किलोमिटर सडक ३ वर्षदेखि खाल्डाखुल्डी, धुलो, र हिलोले बेहाल, अस्तव्यस्त छ ।
सडकमा बिहानदेखि साँझसम्म जाम हुन्छ । धुलोले सडक कुहिरीमण्डल हुँदा यात्रु र चालक नचिनिने हुन्छन् । सडककै कारण अहिले बुटवलमा प्रदूषण ...