पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले हिउँदे वर्षाको क्रम बढेसँगै हिमाली भेगमा हिमपात हुने भएको छ। विगत केही दिनयता अकस्मात् मौसममा बदली देखिने र हल्का वर्षा हुने क्रम बढेको छ।पश्चिमी न्यूनचापीय प्रणाली आइतबारदेखि केही सक्रिय बनेकाले मुख्य गरी नेपालको पश्चिमी भेग छोएका हिमाली क्षेत्रमा हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।विशेषगरी सोमबार र