नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५ औं महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशन गर्ने निर्णयमा पुगेपछि त्यसले कांग्रेसभित्र तरंग ल्याएको छ।
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर देखिएको मतभेद थप तीव्र बनेको छ। नियमित महाधिवेशन स्थगित गरी महामन्त्रीद्वयले विशेष महाधिवेशन घोषणा गरेपछि पार्टीभित्र विवाद खुलेर बाहिर आएको हो। जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पिएका सभापति शेरबहादुर देउवाले उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न शीर्ष नेताहरूलाई आकस्मिक छलफलमा बोलाएका छन्। देउवाको निजी सचिवालयका अनुसार शुक्रबार बिहान […]