दैलेखको क्षेत्र नम्वर १ र २ जोड्ने महत्वकांक्षी पुलको शिलान्यास भएको छ। नारायण नगरपालिका ९ र दुल्लुनगर पालिका ११ को सिमाना छामघाट खोलामा चुप्रा–कालभैरव मोटोरे बल पुलको शिलान्यास गरिएको हो।...
दैलेख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना कटौती गरेको आरोप लगाएका छन्।पार्टी प्रवेश तथा चुनावी सभामा सहभागी हुन् जुम्ला र कालिकोट जाने क्रममा दैलेखको दुल्लुमा एमाले दैलेखले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो सरकारले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेको भए पनि अहिलेको सरकारको काम गर्ने क्षमता नहुँता कटौती गरेको बताए।उनले भने,
कर्णाली प्रदेश सरकारले नेपाल हुँदै भारत र चीनलाई जोड्ने त्रिदेशीय सडक जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना सडक निर्माणको शिलान्यास गरेको छ । यस सडकको दैलेख माथिल्लो डुँगेश्वरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार शिलान्यास गरेका हुन् ।