फोटनको नयाँ शोरुम सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले ललितपुर, बालकुमारीमा आगामी आइतबार (चैत ८ गते) आफ्नो विश्वस्तरीय शोरुम सार्वजनिक गर्ने भएको छ ।  आफ्ना ग्राहकलाई आत्मविश्वास दिलाउनुका साथै उत्कृष्ट सेवा दिन एमएडब्लु वृद्धिले तीन करोड रुपैयाँभन्दा लागनी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ शोरुम संचालनमा ल्याउन लागेको हो । नेपालका चर्चित मिडिया पर्सनालिटी सुरज सिंह ठकुरीले संचालन गर्ने ‘लन्च सेरेमोनी’ फोटन मोटर नेपालको फ...