पृथ्वी जयन्तीबारे बाँस्कोटाको व्यंग्य : भ्यालेन्टाइन डेमा त बिदा पाउनैपर्छ भन्ने छन्

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पृथ्वीजयन्तीमा बिदा दिन माग गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका नेता बाँस्कोटाले पुस २७ गते पृथ्वी जयन्तीमा राष्ट्रिय बिदा दिन माग गरेका हुन्। उनले नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिँदैमा राजतन्त्र नफर्कने उल्लेख गरेका छन्। ‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय बिदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो। त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फरवरी १४ (भ्यालेन्टाइन डे)मा त बिदा पाउनैपर