द्वन्द्व, प्रेम, खेल, झेल र दोख

काठमाडाैं : अनुप बरालको निर्देशनमा बनेको फिल्म दोख नेपाली फिल्म उद्योगकै लागि प्रतीक्षित फिल्म थियो। लामो समयदेखि नेपाली रंगमञ्च तथा फिल्ममा अभिनेता, निर्देशक तथा अभिनय प्रशिक्षकको रूपमा सक्रिय अनुपका धेरै विद्यार्थी अहिले रंगमञ्च तथा फिल्ममा जमेका छन्। भूकम्प जानुअघि नै छायांकनमा गएको फिल्म विभिन्न कारणले गर्दा प्रदर्शनमा आउन सात वर्ष लाग्यो। शुरुमा भूकम्प, त्यसपछि मधेश आन्दोलन, नाकाबन्दी हुँदै कोरोना काल समेत देखेको फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आयो। प्रिमियरमा फिल्मले सबैबाट उत्साहजनक