कोरोना भाइरस संक्रमण नियन्त्रण रोकथामका लागि सरकारले गरेको लकडाउनको मौका छोपेर कालो बजारी गर्ने वीरगञ्जका तीन वटा पसल कारबाहीमा परेका छन् । लकडाउनको समयमा बजारमा कालाबजारी भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नते नेतृत्वको बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।