यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ। दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सिट (जुन मुख्य कमान्ड दिने ठाउँ हो)मा क्याप्टेन अञ्जु खतिवडा बसेको र प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेको पाइएको छ। हवाई विज्ञका अनुसार दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन्। ‘खतराको सङ्केत प्राप्त भएपछि १०:५७:१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पी