पूर्व-पश्चिम राजमार्गको स्तरोन्नतिका लागि रु. ३१ अर्ब २ करोड विनियोजन, कुन सडकलाई कति ?

काठमाडौं । नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा लगानी केन्द्रित गरिने   भएको छ । पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने, नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने यस वर्षको बजेटमा उल्लेख गरिएको छ ।  कुन सडकमा कति ? अर्थमन्त्री प्रकाश शरण महतको भनाइ जस्ताको तस्तै कमला -ढल्केवर-पथलैया, वुटवल- गोरूसिङ्गे, काकडभिट्टा- लौकही, पथलैया- नारायणगढ र लमही-भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिनेछ। नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू गरिनेछ। पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि रु. ३१ अर्ब २ करोड विनियोजन गरेको छु। मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथर, रामेछाप, नुवाकोट, पर्वत, बाग्लुङ, जाजरकोट लगायतका विभिन्न १२ खण्डको निर्माण तथा स्तरोन्नति गर्न रु. ३ अर्व ९६ करोड बजेट छुट्याएको छु। हुलाकी राजमार्ग अन्तर्गत तराइ मधेशका विभिन्न जिल्लाका आठ खण्डको सडक निर्माण तथा स्तरोन्नति गर्न रु. ३ अर्व ४९ करोड बजेट छुट्याएको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत इलाम, सुनसरी, गुल्मी, रोल्पा, सुर्खेत, कैलाली र डडेल्धुरा खण्डको निर्माण तथा स्तरोन्नतिका लागि रु. २ अर्व ४१ करोड विनियोजन गरेको छु। पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइनेछ। नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला -ढल्केवर-पथलैया, वुटवल- गोरूसिङ्गे, काकडभिट्टा- लौकही, पथलैया- नारायणगढ र लमही-भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिनेछ। नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू गरिनेछ। पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि रु. ३१ अर्ब २ करोड विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत इलाम, सुनसरी, गुल्मी, रोल्पा, सुर्खेत, कैलाली र डडेल्धुरा खण्डको निर्माण तथा स्तरोन्नतिका लागि रु. २ अर्व ४१ करोड विनियोजन गरेको छु। सम्वत् २०८३ भित्र सम्पन्न गर्ने गरी काठमाडौं-तराई-मधेश द्रुतमार्गको निर्माण कार्य अगाडि बढाइएको छ। आगामी आर्थिक वर्ष ठेक्का  लाग्न बाँकी खण्डको ठेक्काग व्यवस्थापन गरिनेछ। काठमाडौं-तराई मधेश द्रुतमार्ग आयोजनाका लागि रु. २२ अर्व ५० करोड विनियोजन गरेको छु। राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटलाई ट्रयाक खोल्ने कार्य सम्पन्न गरी सडक सञ्जालमा जोडिनेछ। कर्णाली कोरिडोर अन्तर्गत खुलालु-सलिसल्ला खण्ड र हिल्सा-सिमिकोट खण्ड निर्माणका लागि रु. ९७ करोड विनियोजन गरेको छु। बाढी पहिरोबाट क्षतिग्रस्त कर्णाली राजमार्गलाई पुनर्स्थापना एवं स्तरोन्नति गरिनेछ। कालीगण्डकी कोरिडोरको गैंडाकोट-राम्दी-बाग्लुङ्ग खण्ड र बेनी-जोमसोम-कोरोला खण्ड गरी थप साठी किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नति गरिनेछ। कालीगण्डकी कोरिडोर सडक निर्माणका लागि रु. १ अर्व ५८ करोड बजेट व्यवस्था गरेको छु।  कोशी कोरिडोरको निर्माण तथा स्तरोन्नतिका लागि रु ८० करोड छुट्याएको छु। अरुण कोरिडोरको चतरा-लेगुवा खण्डको निर्माण कार्य अघि बढाउन बजेट व्यवस्था गरेको छु। महाकाली कोरिडोरको बम्हदेव-झुलाघाट-दार्चुला र दार्चुला-टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि रु ४५ करोड विनियोजन गरेको छु। सेती राजमार्गको टिकापुर-लोडे-चैनपुर र चैनपुर-तक्लाकोट खण्ड निर्माण गर्न रु ३० करोड विनियोजन गरेको छु। खुटिया-दिपायल-चैनपुर-उरैभन्ज्याङ्ग सडकलाई प्राथमिकताका साथ अघि बढाउन रु २५ करोड बजेट व्यवस्था गरेको छु। दैजी- जोगबुढा- डडेल्धुरा सडक स्तरोन्नतिको लागि रु ३० करोड रकम छुट्याएको छु। भेरी कोरिडोर अन्तर्गत जाजरकोट-दुनै खण्डको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइनेछ। भेरी कोरिडोर आयोजनाका लागि रु. ५० करोड विनियोजन गरेको छु। राप्ती राजमार्गको दाङ-सल्यान-रुकुम खण्डको स्तरोन्नतिलाई तीब्रता दिन रु ९० करोड बजेट व्यवस्था गरेको छु। कोहलपुर-सुर्खेत र बुटवल-पाल्पा-पोखरा सडक खण्डको स्तरोन्नतिका लागि बजेट छुट्याएको छु।  ११ किलो- छेपेटार- भालुस्वारा- वारपाक सडक निर्माण तथा स्तरोन्नति गर्न रु ८० करोड विनियोजन गरेको छु। डुम्रे- बेसीशहर- चामे मनाङ सडक स्तरोन्नति गर्न रु ३४ करोड विनियोजन गरेको छु। लामो समयदेखि स्तरोन्नति हुन नसकेको पासाङ ल्हामु राजमार्गको तीनपिप्ले- रानीपौवा सडक खण्डको मर्मत तथा स्तरोन्नति कार्य आगामी वर्ष सम्पन्न गर्ने गरी रु. ५० करोड विनियोजन गरेको छु। यस राजमार्गको रानीपौवा- पिपलटार सडक खण्डको स्तरोन्नति कार्यको लागि बजेट व्यवस्था गरेको छु। कटारी- घुर्मी सडकखण्ड स्तरोन्नतिका लागि बजेट व्यवस्था गरेको छु। तमोर कोरिडोरको सुवाङ खोला- गणेश चोक र ओलाङ्चुङगोला-तिम्तला खण्डको निर्माण कार्यलाई निरन्तरता दिन रू. ८० करोड विनियोजन गरेको छु। नागढुंगा सुरुङमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्न रु. ५ अर्ब १३ करोड विनियोजन गरेको छु। नागढुंगा-नौविसे सडकखण्डको स्तरोन्नति कार्य सम्पन्न गरिनेछ। नौबिसे-मुग्लिङ्ग खण्डको २५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिका लागि रु. २ अर्ब १६ करोड छुट्टयाएको छु। मुग्लिङ्ग-पोखरा सडक खण्डको ५० किलोमिटर सडक विस्तार कार्य सम्पन्न गर्न रु. ५ अर्ब ४२ करोड विनियोजन गरेको छु। राजमार्ग र रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिनेछ। पुल निर्माणका लागि रु. २ अर्ब ८ करोड व्यवस्था गरेको छु। सूर्यविनायक-धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको छु। काठमाडौं चक्रपथको कलंकी-बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन रु २ अर्ब ७ करोड छुट्टयाएको छु।  राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिनेछ। ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य शुरूवात गरिनेछ। टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनको कार्य सम्पन्न भएको छ। विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन रु. १ अर्ब बजेट विनियोजन गरेको छु। सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्यलाई तीब्रता दिइनेछ।

सम्बन्धित सामग्री

पडकास्ट: यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्ने? कसरी घटाउने १३,८५० डलर?

अमेरिकामा जनवरी २९ देखि ट्याक्स फाइल सिजन सुरु भइसकेको छ । यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्नुपर्छ? कति आम्दानी हुनेहरुले ट्याक्स फाइल गर्नुपर्छ? स्ट्याण्डर्ड डिडक्सनमार्फत करयोग्य कति आम्दानी घटाउन सकिन्छ? पेपल लगायतका एप्लीकेशनबाट गरेको आम्दानी रिपोर्ट गर्नुपर्छ कि पर्दैन? उपहारबाट पाएको रकम र अन्य आम्दानीमा ट्याक्सको नियम के फरक छ ? आईआरएसको फन्दामा नपर्न […]

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँ : सांसद देवकोटा

काठमाडौँ : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने निर्धारण हुन जरुरी रहेको बताएका छन्।बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने निर्धारण हुन जरुरी रहेको बताए। उनले नेताहरूले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भने पनि काम हुन नसकेको बताए। उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्वीजरल्याण्डको रहेको बताए।देवकोटाले भने,

गाल्ने कुरा कति

आफ्नो नाक काट्दै टाल्ने कुरा कति गए जान्छ इज्जत फाल्ने कुरा कति।।   कोहि भन्ने फू गरि उडाइ दिन्छौँ अब बल्ल बल्ल ठडिएको ढाल्ने कुरा कति।।   बिनासित्ति खेदो खन्छन् आजकल किन सानो निउमा सडकमा बाल्ने कुरा कति।।   घ्यूका ठेकि आफै सँग जता बाँडौँ खुसि काँधमा थैलो बोक्नेतिर हाल्ने कुरा कति।।   नदिउँ भने […]

आग्लो खान्छन् कति

पाँच वर्षका पाहुना कस्ले मान्छन् कति नचिनेको हजुर भनि हात तान्छन् कति।। गएपछि यता गाउँमा आउने कुरा छैन दाउपरे भाग खान कता जान्छन् कति।। मुख हेर्दा उहि पुरानो चिने जाने जस्तो हेर्दा हेर्दै ढ्वाङ भरि उतै लान्छन् कति।। भर्खर सम्म म्याउम्याउ स्वर सानो पारी फेरि अहिले आफूलाई ढाडे ठान्छन् कति।। सुम्सुमाइ चिल्लो घसि माया गरे […]

नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?

केही दिनअघि नेपालमा आइफोन १३ प्रि बुकिङ खुला गरिएको समाचार मूलधारकै मिडियाहरुमा पढ्न पाइयो। त्यसमा नयाँ आइफोनका विभिन्न मोडल कति पर्छ भन्ने विवरणसमेत थियो। नेपालमा किन्न पाइने आइफोन १३ अरु देशहरुभन्दा कति सस्तो वा कति महँगो छ, त्यो तुलना गर्न मन लाग्यो। हुनत ‘नजाने गाउँको बाटो नसोध्नू’ भन्ने उखान छ। त्यही भएर नकिन्ने आइफोनको जतिसुकै… Continue reading

हामी कति भाग्यमानी!

आहा! हामी कति भाग्यमानी, अरूकै भरमा चल्छ यो जिन्दगानी।  काम होस् या माम, अर्को कै भर पर्नुरहेछ। आफ्नो त के छ र, सुन्दर, शान्त विशाल देश महान!

वार्षिक कति कमाउनेले कति कर तिर्ने ? हेर्नुहोस् पूरा विवरण

काठमाण्डाै - सरकारले नागरिकबाट कर असुल्छ भन्ने जानकारी भए पनि कति कमाइ गर्दा कति कर तिर्नुपर्छ भन्नेमा धेरै जना अन्योलमै रहेको पाइन्छ ।विशेषगरी आयकरका दरबारे नागरिकले जान्नैपर्ने हुन्छ । सरकारले वार्षिक चार लाख रुपैयाँसम्म कमाउनेहरुसँगबाट एक प्रतिशत मात्रै कर लिन्छ । त्यसपछि जति धेरै आम्दानी हुँदै जान्छ त्यति धेरै नै कर तिर्नुपर्ने हुन्छ । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै कमाउनेले त ३६ प्रतिशतभन्दा धेरै आयकर सरकारलाई बुझाउनुपर्छ ।आउँदो आर्थिक वर्षदेखि कति कमाइ हुँदा कति कर तिर्नुपर्छ भन्ने पूरै जानकारी यसप्रकार छ ।