उच्च लेकमा रहेका याकचौँरीलाई न्यानोका लागि बेँसीमा झारिएको छ । उच्च लेकमा हिमपातका कारण अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुका याकचौँरीपालक किसानले याकचौँरीलाई बेँसीमा झारेका हुन् । माथिल्लो मुगुका झन्डै एक सयभन्दा बढी घरधुरीले तीन सयभन्दा बढी याकचौँरी पालेका छन् । सामग्री ढुवानी गर्न र छुर्पीलगायतका उत्पादन गर्न याकचौँरी पालिँदै आएका छन् ।