काठमाडौं, १२ माघ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदलतमा आरोपपत्र दर्ता गरेको छ । अख्तियारका अनुसार घिमिरे उपमहानिर्देशक हुँदा उनी नेतृत्वको समिटिले विभिन्न ९ वटा सिमेन्ट उद्दोगहरुले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको प्रतिवेदनसहित क्षतिपूर्ति उठाउनुपर्ने गरी कारबाहीको सिफारिश […]