कोरोना खोप ५ देखि ११ वर्षका बालबालिकालाई पनि दिइने
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेकाले सरकार पनि खरिदको तयारीमा...
खोपको अभाव भएपछि ललितपुरमा कोरोना खोप कार्यक्रम रोकिएको छ। असार ९ गतेदेखि सुरु भएको खोप कार्यक्रम पर्याप्त खोप उपलव्ध नभएपछि बीचमै रोकिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख...
२९ असार, काठमाडौं । भुटानले आफ्नो मुलुकका सबै नागरिकलाई लगाउन पुग्ने कोरोना खोप आफूसँग रहेको बताएको छ । मंगलबार भुटानका प्रधानमन्त्री लोटे शेरिङले यस वर्षको अन्तिमसम्म मुलुकमा १० लाख डोजभन्दा बढी कोरोना खोप उपलब्ध हुने बताएका हुन् । भुटानले यसअघि अमेरिका र चीनको कोरोना खोप अनुदानको प्रस्ताव स्वीकार गरेको थियो । भुटानमा खोपका लागि योग्य […]
एजेन्सी।गर्भवती महिलाले कोरोना खोप लगाउने वा नलगाउने भन्ने दुविधा भारत सरकारले हटाएको छ।स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ गाइडलाइन्समा कोरोना खोप लगाउँदा गर्भवती महिलालाई कुनै असर नगर्ने र खोप लगाउन भनिएको छ।अध्ययनले खोप लगाउँदा गर्भवती महिलामा चिन्तासमेत कम भएको देखाएको छ।अन्य मानिसहरुले जस्तै नै गर्भवती महिलाले पनि आफू र गर्भमा रहेको बच्चालाई सुरक्षित राख्न खोप अनिवार्य लगाउनु पर्ने जनाइएको छ।
मनाङ। मनाङमा बुधबारदेखि कोरोना खोप लगाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी गराए। उनका अनुसार जिल्लामा सात सय ७९ डोज कोरोना खोप आयात भएको छ। जसमध्ये ७९ डोज भेरोसेल खोप हो। जिल्लाको माथिल्लो मनाङ र चामेमा बुधबार खोप लगाईएको हो।
काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतबाट बाँकी एक लाख डोज कोरोना खोप आज काठमाडौं आइपुगेको छ। हिजो र आज गरी तिब्बतबाट कुल दुई लाख कोरोना खोप काठमाडौं आइपुगेको छ। यस्तै, हिजै बेइजिङबाट ८ लाख डोज काठमाडौं आइपुगेको थियो। गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले थप १० लाख डोज कोरोना खोप दिने घोषणाअनुसार हिजो र आज खोप पठाइएको हो।
एजेन्सी।विश्वमा कोरोना खोप लगाउने दोस्रो व्यक्ति बेलायतका विलियम बिल शेक्सपियरको मृत्यु भएको छ।८१ वर्षीय विलियमको मे २० का दिन मृत्यु भएको बेलायती मिडियाले जनाएका छन्। उनले २०२० डिसेम्बर ८ का दिन कोरोना खोप लगाएका थिए।उनी विश्वमा कोरोना खोप लगाउने पहिलो पुरुष हुन्। उनीभन्दा अघि ९१ वर्षीया मार्गरेट कीननले कोरोना खोप लगाएकी थिइन्। विलियमलाई लागेको रोग भने ‘अज्ञात’ बताइएको छ।
४ चैत, काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप […]
५ फागुन, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपबाट जापानमा कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । केही दिनअघि जापानले फाइजरको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । बुधबादेखि जापानले प्राथमिकताको आधारमा कोरोना खोप लगाउन सुरु गरेको हो । कोरोना खोप […]
काठमाडौँ / विश्वका थुप्रै मुलुकमा अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा पनि कोरोना खोप अभियान सुरु भएको ४ दिन भइसकेको छ । सरकारले नेपालमा कोरोना खोप भित्र्याउन लागि परिरहेको जानकारी दिन थालेको निकै भइसक्यो । यसैबीच बुधबार नेपालका भारतबाट कोरोना खोप आउने भनेर चर्चा चलिरहेको...
The post के साँच्चै आज नेपालमा कोरोना खोप भित्रिँदै छ ? appeared first on Purbeli News.
शनिबारदेखि भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु हुँदैछ । भारतले कोरोना खोप कार्यक्रमका लागि आवश्यक तयारी भइसकेको बताएको छ । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा कसरी सुरु हुँदैछ त कोरोना खोप कार्यक्रम ? पहिला कसले पाउँछन् ? भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका […]