बीजेपी मेयरलाई आम आदमीले हरायो, पहिलो पटक चन्डीगढमा आप बन्यो ठूलो पार्टी

भारतको दिल्लीमा पकड जमाएको आम आदमी पार्टीले दिल्ली बाहिर पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । चन्डीगढमा भएको नगरपालिका चुनावमा आम आदमी पार्टी सबैभन्दा धेरै सिट जित्ने पार्टी बनेको छ । आम आदमी पार्टीले नगरपालिकामा ३५ मध्ये १४ सिटमा जित हासिल गरेको छ । त्यहाँ बीजेपीले १२ र काँग्रेसले ८ र अकाली दलले एक सिट जितेको छ । चन्डीगढमा बीजेपीका वर्तमान मेयर रविकान्त शर्माले चुनाव हारेका छन् । उनलाई आपका उम्मेदवारले पराजित गरे । आम आदमी पहिलो पटक चन्डीगढमा चुनावी मैदानमा उत्रिएको थियो । जि

सम्बन्धित सामग्री

भारतमा बीजेपी र कांग्रेस आई गठबन्धनका छुट्टा छुट्टै बैठक

२ साउन, काठमाडौं । भारतका सत्तारुढ भारतीय जनता पार्टी बीजेपी नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस आई नेतृत्वको विपक्षी गठबन्धन छुट्टा छुट्टै बैठकमा जुटेका छन् । आउँदो वर्ष हुने चुनावको रणनीति तय गर्न गठबन्धनको बैठक बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्लीको अशोका होटलमा सुरु भएको एनडीए गठबन्धनमा ३८ दल सहभागी छन् । जहाँ भारतका […]

सांसदले पोर्न हेरेको विषयलाई लिएर भारतको त्रिपुरा विधानसभामा हंगामा

२२ असार, काठमाडौं । भारतको त्रिपुरा विधानसभामा बजेट सत्रको पहिलो बैठकमा विपक्षी विधायले सदन सुरु हुना साथ बीजेपी विधायक जादबलाल नाथेल गत सत्रमा  पोर्न भिडियो हेरेको विषयलाई उठाए । विपक्षी दलका नेता अनिमेषा देबबर्माले बीजेपी विधायक नाथलाई कारबाहीको माग गर्दै आफूले राखेको प्रस्तावको स्थितिबारे जानकारी मागे । उनले यही मुद्दालाई लिएर स्थगनको प्रस्ताव ल्याउन चाहेका […]

शरद पवारका भतिजाको पार्टीबाट विद्रोह, शिवसेना-बीजेपी सरकारमा सहभागी

काठमाडौं : भारतको महाराष्ट्रमा राजनीतिक उथलपुथल भएको छ। विपक्षी गठबन्धन एमभीएको एउटा महत्त्वपूर्ण घटक नेसनलिस्ट कंग्रेस पार्टी (एनसीपी) का प्रमुख शरद पवारका भतिजा अजित पवार, पार्टीबाट विद्रोह गर्दै शिवसेना-बीजेपी सरकारमा सहभागी भएका छन्। अजित पवारले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् भने उनीसँगै एनसीपीका प्रभावशाली नेता छन्। आठजनाले मन्त्री पदको शपथ लिएका छन्।शपथपछि पवारले आफूले एनसीपी दलकै हैसियतले महाराष्ट्र सरकारलाई समर्थन दिएको दाबी गरेका छन्। अजित पवार समूहले एनसीपीका ५३ मध्ये

‘जय श्रीराम’ नाराको बलमा बीजेपी जित्नेछ चुनाव ?

भारतको उत्तर प्रदेशमा आगामी वर्ष चुनाव हुँदैछ । चुनावबाट प्रदेश सरकार फेरिएला कि दोहोरिएला ? सर्वत्र चासो छ । यसैबीच सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले ‘जय श्रीराम’ नाराकै बलमा चुनावमा जाने संकेत गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथ सरकारका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले ट्वीट गर्दै धार्मिक नाराकै बलमा चुनाव लड्ने संकेत गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘अयोध्या काशीमा भव्य मन्दिर निर्माण जारी छ, मधुराको तयारी छ । जय श्रीराम, जय शिवशम्भु, जय श्री राधेकृष्ण ।’ मौर्यको ट्वीटलाई रा...

कांग्रेस प्रतिनिधिमण्डल र बीजेपी महासचिवबीच दिल्लीमा भेटवार्ता

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) बीच आज भेटवार्ता भएको छ ।

विवादमा ताण्डव : सैफ-करिनाको निवासमा सुरक्षा बढाइयो, विरोधमा उत्रियो बीजेपी

टेलिभिजन वेब सिरिज ‘ताण्‍डव’ विवादमा परेको छ। सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का सांसदसहित कार्यकर्ताहरु र हिन्दु धार्मिक संघसंगठन कडा विरोधमा उत्रिएका छन्। यसको सिरिजका मुख्य कलाकार सैफ अली खानको निजी जीवनमा पनि विवादको असर परेको छ। उनीमाथि आक्रमण हुनसक्ने सम्भावनालाई विश्लेषण गर्दै मुम्बई प्रहरीले सुरक्षा बढाएको छ। भारतीय सञ्चारमाध्यमका…