ओखलढुंगामा चौंरी निकासी बढ्यो

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबाट चौंरी निकासी बढेको छ । खिजीदेम्बा गाउँपालिकाको लेकाली क्षेत्रमा पालिँदै आएका चौंरी भारी बोक्नका लागि रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा निकासी हुने गरेको छ । भारी बोक्ने प्रयोजनका लागि भाले चौंरीलाई ४० हजारसम्म मूल्य पर्ने गरेको छ । जिल्लाको रावादोलु, भुसिंगा, पात्ले, खिजीफलाटे, ताक्लुङ, बुलबुले लगायतका लेकाली क्षेत्रमा भारी बोक्न तथा […]