काँग्रेसका बागी उम्मेदवारलाई तीन दिनको मौका, उम्मेदवार नरहेको घोषणा गरे कारबाही नहुने

काठमाडौँ । काँग्रेसले बागीलाई कारबाहीबाट बच्न तीन दिनको मौका दिएको छ । तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने काँग्रेसले स्पष्ट पारेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका तर्फबाट उठाइएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएकालाई काँग्रेसले यस्तो मौका दिएको हो । यस्तो अवसर सदुपयोग गरे बागीका प्रस्तावक र समर्थकमाथिको कारबाही पनि रोकिने […]