यी ठाउँमा उपलब्ध छ डिशहोमको इन्टरनेट

सन् २०२० मा इन्टरनेट सेवा शुरू गरेको डिशहोम फाइबरनेट अहिले देशका प्रमुख शहरमा पुगिसकेको छ । छिटो, भरपर्दो र सस्तो इन्टनरेट प्रदान गर्ने प्रतिवद्धतासहित स्थापना भएको डिशहोम फाइबरनेटले अहिले १० देखि १०० एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउदै आएको छ ।  अब ३०० एमबीपीएसको इन्टरनेट सेवा शुरू गर्ने तयारीमा डिशहोम रहेको छ । डिशहोम फाइबरनेट नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर,...

सम्बन्धित सामग्री

अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट

नेपालमा कोभिड-१९ को तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् । यसैबीच विद्यार्थीलाई यस्तो अवस्थामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ । कम्पनीका अनुसार स्टुडेन्ट अनलाइन क्लास प्याकेज अन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ । यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने छ ।  अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुने कम्पनीले जनाएको छ।

‘डिशहोम फाइबरनेट’को ‘एकदाम दुईकाम’ अफर

डिशहोमको इन्टरनेट सेवा ‘डिशहोम फाइबरनेट’ मा ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा आएको छ । डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको जनाएको छ ।निःशुल्क जडान गरिने […]