बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले दर्ता गरे मनोनयन

२८ पुस, हेटौंडा । बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् । सत्ता साझेदार दलहरुको तर्फबाट […]