ताप्लेजुङ : सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ। बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका युवा पुस्तासम्म छन्।हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो। सूचनाको स्रोत पनि यी नै हुन्थ्यो तर अहिले प्रत्येक व्यक्तिसँग सञ्चारको साधन छ।प्रायः गाउँगाउँ डिजिटल प्रविधिमैत्री बन्दै जाने क्रम बढ्दो छ। इन्टरनेटको पहुँच गाउँमा विस्तार हुँदै गएको छ। फोरजी सेवासमेत वि