एजेन्सी। पाकिस्तानमा महामारी सुरू भएदेखि मंगलबारसम्म २०२ चिकित्सकको कोरोनाका कारण मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले बताएको छ। पीएमएले कोरोनाभाइरसबाट निधन भएका सबै चिकित्सकको परिवारलाई ‘सुहुदा प्याकेज’अन्तर्गत क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेको छ। बुधबार पाकिस्तानमा २,८६९ व्यक्ति संक्रमित भएका र संक्रमण दर ७.४२ प्रतिशत रहेको बताइएको छ । पाकिस्तानमा भ्याक्सिन लगाउने काम निकै सुस्त छ।