काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि वर्तमान प्रधानमन्त्री ओली सांसद नभएको र प्रधानमन्त्रीको पदमा बस्ने हक नभएको बताएका छन् । राजधानीमा आयोजित जनसभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले सविधान मिचेर अगाडि बढेको आरोप लगाएका छन् ।