नेपालको एकदिवसीय वरियतामा सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको हो ।