काठमाण्डाै – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ ।
आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तुलनात्मक रूपमा संवेदनशील ठाउँहरूमा टोली परिचालन गरेको जानकारी दिनुभयो ।
टोलीले चुनावलाई असर नपर्ने गरी भिडियो छायाङ्कन गर्न सक्ने र मौन अवधिमा आमसभा, ...