नेप्सेका सीईओ साउदद्वारा राजीनामा

काठमाण्डाै – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ ।  सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादित भएका साउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिनुभएको हो । सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार प्रभावित पार्न खोजेको आरोप साउदमाथि लागेको थियो ।  यो विषयमा छानबिनका लागि अर्थ मन्त्रालयले बनाएको छानबिन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेका सीईओ साउद पनि दोषी रहेको ठहर गरेको छ ।&nb...

सम्बन्धित सामग्री

नेप्सेको सीईओमा पाल्पाका कृष्ण बहादुर कार्की नियुक्त

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पाल्पा रिब्दीकोट वडा नम्बर ७ का कृष्णबहादुर कार्की नियुक्त भएका छन् । कार्कीलाई १७ माघको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो । नेप्सेका सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएपछि ८ भदौदेखि सीईओ पद खाली थियो । शेयरको भित्री कारोबार गरेको आरोप लागेपछि साउदले पदबाट राजीनामा दिएका थिए ।  ५ महिना भन्दा लामो समयदेखि रिक्त रहेको नेप्सेको सीईओ पदमा तीन जनाले प्रतिस्पर्धा गरेको थिए । प्रतिस्पर्धामा कार्की, डा. केशव श्रेष्ठ र रमेश भण्डारी थि...

नेतृत्वबिहिन अवस्थामा पूँजीबजारको नियामक धितोपत्र बोर्ड र नेप्से

भदौ १९, कठमाडौं । नेपाली पूँजीबजारको नियामक रुपमा रहेको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज यतिखेर नेतृत्व बिहिन भएको छ । नेपाली पूँजीबजारको नियमनकारी निकायमा रुपमा रहेका ती निकायका प्रमुखहरु प्राथमिक बजारमा बहुप्रतिक्षित बुक विल्डिंग विधिबाट शेयर निस्कासनको तयारीमा रहेको सर्बोत्तम सिमेन्टको शेयरमा संलग्न रहेको आरोप लागेको छ । र सोही आरोपपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिइसकेका छन् भने सरकार स्वयंले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरिसकेको छ । सीईओ साउदले पदबाट राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्म सञ्चालक समितिको बैठकले  निरन्जन फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ। त्यस्तै सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना सोही विषयमा छानबीन गर्न सरकारले समिति गठन गरेसँगै उनी पदबाट निलम्बित भएका छन्। बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानून विपरीत आफन्तका नाममा खरीद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।  कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुगांनाको छोरी रेबिका ढुंगाना र सोही बराबरको शेयर नै नेप्सेका सीईओ चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको पाइएको थियो । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि सरकारलाई दबाब पर्दै आएको थियो । सर्वोत्तमले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने आकलन भइरहेको छ । नेप्सेका तत्कालिन सीईओ साउदले श्रीमतीको नाममा सर्वोत्तमको शेयर खरीद गरेको तथ्य बाहिरिएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले पदबाट राजीनामा दिइसकेका छन् । गत साउन १३ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र साउन १४ मा नेपाल स्टक एक्सचेन्जलाई यसबारे यथार्थ के हो, त्यसको स्पष्ट, तथ्यपरक जवाफ ३ दिनभित्र पेश गर्न पत्र काटेको थियो । अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष तथा नेप्सेका सीईओसँग स्पष्टीकरण नमागी बोर्ड र नेप्सेका नाममा पत्र पठाएको थियो र उनीहरूले स्पष्टीकरणमा गलत नगरेको दाबी गरेका थिए । उता अर्थमन्त्री जनार्दन शर्माले भने दोषीमाथि कारबाही हुने बताउँदै आएका छन् ।  नेपालको शेयर बजारलाई नियमन गर्ने प्रमुख निकाय धितोपत्र बोर्ड र दोस्रो बजार सञ्चालन गर्ने निकाय नेप्सेका प्रमुखहरु नै कारबाहीमा परेपछि सरकारले ती निकायका नयाँ प्रमुखमा कहिले र कसलाई नियुक्त गर्छ भन्ने बारेमा लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेका छन् ।

नेप्सेका सिईओ साउदद्वारा राजीनामा

आफन्तको नाममा खरिद गरेर सेयर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका भिष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ ।

सेयरको लफडा : नेप्सेका सीईओ साउदले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज साँझ ५ बजे नेप्सेकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामा दिएको जानकारी दिएका हुन् ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासहित सीईओ साउद सेयर खरिद प्रकरणमा मुछिएका छन् । यसको चर्को विरोध भएपछि अर्थ मन्त्रालयले ढुङ्गानासहित साउदलाई स्पष्टीकरण सोधिसकेको छ । यद्यपि, हालसम्म मन्त्रालयले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ पाइसकेको छैन ।मन्त्रालयलाई चित्त बुझ्दो जवाफ नदिए पनि

'इन्साइडर ट्रेडिङ्ग’ गरेको आरोप खेपीरहेका नेप्सेका सीईओ साउदले दिए राजीनामा

भित्री सूचनाका आधारमा ‘इन्साइडर ट्रेडिङ्ग’ गरेको आरोप खेपीरहेका नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छ्न् । ​उनले मंगलवार साँझ अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनालीलाई राजीनामा बुझाएका हुन् ।  '१० मिनेट जति भयो, उहाँले पदबाट राजीनामा दिएको पत्र बुझाउनुभएको छ,' लोकान्तरलाई महाशाखा प्रमुख मैनालीले भने । साउदमाथि बुक बिल्डिङ विधिबाट निष्काशन गरिन लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर राखेको ...