बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा महोत्सव सम्पन्न

बुटवलमा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सम्पन्न भएको छ । ७ लाख दर्शकले अवलोकन गरेको महोत्सवमा ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।