ओली उखान टुक्का र भ्रामक मिथबाट लोकरिझ्याइँ गर्न खप्पिस : भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनेक उखान टुक्का, भ्रामक मिथ र अवधारणाबाट लोकरिझ्याइँ गर्न खप्पिस तर कुनै पनि गम्भीर काम योजनाबद्ध र सुविचारित ढंगले नगर्ने कार्यशैलीले ग्रस्त रहेको बताएका छन् ।जसपा संघीय परिषद्को बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा अध्यक्ष भट्टराईले भनेका छन्, ‘गत निर्वाचनमा वाम गठबन्धनको घोषणापत्रले प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने सार्वजनिक प्रतिबद्धता गरेको थिय