भारतको राजस्थानमा उच्च जातिको ज्यादतीबाट आक्रोशित २५० दलितले हिन्दू धर्म छाडेर बौद्ध धर्म अंगाले

राजस्थानको बारान जिल्लामा उच्च जातिको कुटपिटबाट पीडित २५० दलितले हिन्दू धर्म त्यागेर बौद्ध धर्म अंगालेका छन् । तिनले बौद्ध धर्म अंगालेपछि घरमा रहेका हिन्दू देवी–देवताका मूर्ति र चित्रहरू बेथली नदीमा विसर्जन गरिदिएका छन् ।धर्म बदलेका दलित परिवारले १५ दिनअघि दुर्गाको आरतीका क्रममा दुई दलित युवालाई उच्च जातिले निर्घात कुटेको र प्रशासनले पनि बेवास्ता गरेको आरोप लगाएका छन् ।   दलित समाजले न्यायका लागि राष्ट्रपतिदेखि जिल्ला प्रशासनसम्म गुहार लगाए पनि कुटपिटका आरोपितमाथि कारबाही हुन नभए