काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक गरेको उनको सचिवालयले जनाएको छ ।स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनाल केही समय अस्पतालमै आराम गर्ने र आराम भएपश्चात स्वदेश फर्कनेछन्। स्वास्थ्यमा समस्या भएपछि उनलाई गत असार २ गते उनलाई दिल्ली लगिएको थियो।