प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिएर जाँदाजाँदै सरकारले कोरोना भाइरस विरुद्धको खोप पर्याप्त जुटाएको विवरण सुनाएका छन् ।
ओलीले १ करोड ५० लाख डोज खोप सुविधा मूल्यमा आएको र आउने क्रममा रहेको बताए । उनले बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज खोप समेत खरिद प्रक्रियामा रहेको बताए ।
ओलीले भारत, चीन, अमेरिका, जापान, अस्ट्रेलिया, कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप प्राप्त भएको बताए ।
‘अब खोपको अभाव छैन, पर्याप्त छ,’ उनले भने, ‘अब अर्काे सरकारले ल्याइदिएका खोप लगाउन थालेर आजै ल्याएका हु...