अरुमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न पाउँदैनन्ः शेरबहादुर देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुमाथि दोष थुपारेर जिम्मेवारीबाट प्रधानन्त्री ओली भाग्न नपाउने बताएका छन्। प्रतिनिधिभाको दोस्रो बैठकमा उनले भने, “तीन वर्षको मूल्यांकन गर्दा पूर्णरुपमा सरकार असफल भएको छ।” एक पटक छातीमा हात राखेर भन्नुस, यो अवस्था तपाईंले सिर्जना गरेको हो कि होइन, व्यक्तिगत दम्भले होइन?” देउवाले भने। सरकारले कोभिड रोकथामका लागि केही काम नगरेको आरोप लगाए।