कोभ्याक्सिन ‘अति प्रभावकारी’, सुरक्षा चिन्ता लिनुपर्दैन

भारतमा विकास भएको कोभिड १९ खोप कोभ्याक्सिन अति प्रभावकारी रहेको प्रतिष्ठित मेडिकल जर्नल लान्सेटले जनाएको छ । ‘वयस्कहरुमा कोभ्याक्सिन अति प्रभावकारी देखिएको छ,’ लान्सेटको अध्ययन प्रतिवेदनले भनेको छ,‘अन्तरिम विश्लेषणका दौरान सुरक्षाको कुनै प्रश्न उठेको छैन ।’गत सातामात्रै को भ्याक्सिनले विश्व स्वास्थ संगठनबाट आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । यो खोपले अहिल्यै १७ वटा देशमा प्रयोगको अनुमति पाइसकेको छ । बीबीभी १५२ कोडले चिनिने यो खोप निष्क्रिय बनाइएको भाइरसमा आधारित क