नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शोकका नियम तथा आचारसंहिताको अस्पष्टताको पहिलो सिकार बनेको छ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको औपचारिक नेपालयात्रा। उनको आगमनको पहिलो दिन अर्थात आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाद्वारा उनको सम्मानमा आयोजित रात्रिभोजमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सामेल नहुने भएका छन्। सरकारले बेलायतको महारानी एलिजावेथ द्वितीयको निधनमा तीनदिने राष्ट्रिय शोक घोषित गरेको […]