छानबिन समितिमा बयान दिन सिंहदरबार पुगे पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं - बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोपबारे छानबिन गर्न गठित समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्दै छ । समितिमा बयान दिनका लागि शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा पुगेका छन् । बैठक सिंहदरबारस्थित अर्थसमितिको हलमा सुरु भएको छ । समितिले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा ब...